COVID-19, LOCKDOWN र नागरिकको अनुशासन

२३ चैत्र २०७६ ।
रोशन श्रेष्ठ दावाँबजार, भोजपुर बिश्वब्यापीरुपमा फैलिएको Coronavirus को डरलाग्दो प्रकोप सम्पूर्ण मानबजातीकै लागि एकमात्र ठूलो चुनौती भएको छ । यो लेख तैयारी गर्दै गर्दाको Latest आंकडा अनुसार संसारका सबै राष्ट्रहरुमा फैलिएको Covid-19 को प्रकोपले ५८,७०६ को ज्यान लिइसकेको छ भने १०,९३,८९६ संक्रमित छन र २,२५,५१४ जना उपचार पश्चात नयाँ जीवन प्राप्त गरी घर फर्किएका छन्। हामी परिकल्पना गरौ त, यत्रो डरलाग्दो आंकडा ( ( ( । २०१९ को डिसेम्बर अन्तिम साता चीनको उहान शहरबाट शुरु भएको यो आततायी भाइरस मानबजातीको अदृष्य दुस्मनले ३ महिना भित्र यत्रो ठूलो नरसंहार गरिसकेको छ भने अझ तीब्र गतिमा बढ्दै गरेको प्रकोप यो तथ्यांकले यो संख्या काहाँ पुगेर टुङ्गिने हो १ सम्पूर्ण मानब शक्ति असमञ्जसमा परेको छ । किंकर्तब्य बिमुद स्थितिमा पुगेका बिश्वकै शक्तिशाली भनेर घमण्ड गर्ने अमेरिका जस्तो राष्ट्र पनि बिचलित भई सकेको जस्तो देखिन्छ । मानब स्वास्थ्यको संरक्षण गर्ने सबैभन्दा ठूलो निकाय WHO ले सबै राष्ट्रका सरकारलाई ऋयखष्म ज्ञढ को संक्रणबाट बच्न गर्नुपर्ने आवश्यक उपायहरु, यसको नियन्त्रण, रोकथाम र उपचारका बिधिहरुबारे बारम्बार सुसुचित गरिरहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुबाट प्रशारित भई नै रहेका छन । बारम्बार साबुन पानीले हात धुने, सर्जिकल मास्क लगाउने, भिडभाड, पार्टीहरुमा नजाने, तातोपानी खाईरहने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने आदी सूचनाहरु र हाम्रो नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेका बक्तब्यहरु पनि बारम्बार आई नै रहेका छन । यो संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको रामबाण भनिएको Social Distancing, Self Isolation र Self Quarantin लाई शसक्त रुपले पालना गराउन नेपाल सरकारले २०७६ चैत्र ११ गते बिहान ६ बजेदेखि २०७६ चैत्र १८ गते राती १२ बजेसम्म Lockdown गर्ने निर्णय ससक्त रुपमा लागु गर्यो । हाम्रो पुस्ताले कहिले पनि नभोगेको Lockdown ले जनसाधारणको दैनिक गतिबिधिमा नौलो अनुभव गराईरहेको छ । यस बिचमा नेपालको एकमात्र सरुवा रोग ट्रपिकल शुक्रराजसास्त्री अस्पताल, टेकुबाट परीक्षण गरिएको Corona Virus Test गरी हालसम्म ६ जना संक्रमित रहेको र १ जना उपचार पश्चात् घर फर्किएको आंकडा छ । भगवान पशुपतिनाथको कृपाले अरु संक्रमित नहुन भन्ने प्रार्थना पनि गर्दछु । टेष्ट उपकरण र चिकित्सकहरु प्यारामेडिक्स र सुरक्षा टिमले अनिबार्य रुपमा लगाउनु पर्ने Personal Protective Equipment, Mask, पञ्जा, जुत्ता आदी जस्तो आवस्यकिय स्वास्थ्य उपकरणहरको अभाव र त्यसको आपूर्ति गर्न नेपाल एयरलाईन्सको वाईडबडी एयरबस ३३० ले मित्रराष्ट्र चीनको ग्वाङ्गजाउबाट ल्याइएको आन्तरिक कथा बारेको वास्तबिकता पछि नै बिश्लेषण गरौला । बिवादास्पद छलफलमा अलमलिनु अल्झनु भन्दा बढ्दै गएको संक्रमण रोक्न नेपाल सरकारले गरेको प्रयासलाई बल पुर्याउन हामी सबै सचेत नागरिकको पहिलो प्राथामिकता हुनु पर्छ जस्तो लाग्छ । नेपाली जनताको जीउधनको सुरक्षा र कानूनी शासन लागू गर्नु नै नेपाल सरकारको प्रमुख कर्तब्य भएअनुसार इमान्दारपूर्वक यी जिम्मेवार बहन गरी दिनुहुन एक सचेत नेपाली नागरिकको हैसियतले नितिगत निर्णय गर्ने जिम्मेवार पदाधिकारीहरु, कार्यान्वयन गर्न संलग्न निकायका प्रतिनिधि र फिल्डमा खट्ने सुरक्षाकर्मी र न्याय, अन्याय सबैको निक्र्यौल गर्ने निकायमा सम्बद्ध महानुभावहरुलाई ३ करोड नेपाली जनताको तर्फबाट बिनम्र अनुरोध छ । सबै क्षेत्र, बर्गको अनुशासित ऐक्यबद्धताले मात्र हामी सबैले यो महामारीमा बिजयी हुन सक्छौं । पछि पश्चताप्गर्ने समय पनि नमिल्न सक्छ । हामी सचेत रहौ । यसको लागि हामी प्रत्येक नेपाली जनताले आफ्नो ब्यक्तिगत अनुशासनमाको पूर्ण रुपले पालना गर्न अति जरुरी छ । बिषयबस्तुको गाम्भिरतालाई आत्मसात गरी जुन उद्धेश्यले यो विषम परिस्थितिबाट पार पाउनको लागि Lockdown जो जँहा छ त्यही रहौं० घोषणा भएको छ । त्यसको पूर्ण रुपले पालना गर्नु हाम्रो प्रमुख कर्तब्य नै हो । औषधी, खाद्यन्न, इन्धन जस्ता अत्यावश्यक सामाग्रीहरु निश्चित समयको लागि आफूलाई प्रर्याप्त भन्दा धेरै जम्मा गरी Supply Chain मा बाधक नबनौ । Lockdown लागू भएको आज १२ औं दिनसम्मको परिस्थितिको मुल्याङ्गन गर्दा केही साना तिना समस्याहरुबाहेक COVID- 19 लाई पराजित गर्ने दिशातर्फ उन्मुख भएकै छौं । रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल आदीमा अभिब्यक्त भएका बिचार र सरकारी, ग्रैह्रसरकारी गतिबिधिहरुबाट हामी सबै सुसुचित छौं । संसारका करिब साढे सात अरब मानिसहरु आफ्नो जीवनयापनको लागि बिभिन्न गतिबिधि मार्फत दौडधुप गरिरहेका अवस्थामा अप्रत्यासित रुपले घर घरमै कैदको स्थितिमा छौं । सार्वजनिक, निजि यातायात, हवाईसेवा पूर्णरपले ठप्पै छ । यथा स्थितिमा यसले पार्ने तत्कालिन असर त हामीले भोगी नै रहेका छौं तर भबिष्यमा पर्ने दुरगामी आर्थिक प्रभावको कल्पनाले पनि त्रस्त र भयावित बनाएको छ । जो जँहा छौ त्यही रोकियौ, हलचल नै नगरौ भन्ने हो नि त Lockdown को वास्तबिक अर्थ । आजको Global Market मा संसारका मानिसहरु आफ्नो देश छोडी अन्य राष्ट्रमा शिक्षा, स्वास्थ्य, ब्यापार, मनोरञ्जन, सेमिनार, आपसी भेटघाट, राजकीय कर्तब्य परायण र समग्रमा आ (आफ्नो अग्रगामी बिकास र सुन्दर भबिष्यको लागि तरङ्गित रहदै सुखानुभुति सहित यात्रारत रहेका ब्यक्तिहरु ठाउँको ठाउँ रोकिनु परेको छ । जसको कुनै बिकल्प नै रहेन आजको दिनसम्म । छिमेकी मित्रराष्ट्र भारतका प्रभावशाली, अन्र्तराष्ट्रिय क्षेत्र मै लोकप्रिय रहेका भारतीय प्रधानमन्त्री नरेदर दामोदार दास मोदी भारतमा Lockdown गरेको ११ औं दिनमा देशबासीको नाममा सम्बोधन गर्दै भन्दै हुनुहुन्थ्यो Lockdown को लक्ष्मण रेखा नतोडौं । १३० करोड अनुशासित भारतीय जनताको ऐक्यबद्धता र हाम्रो उच्च मनोबल नै एकमात्र हतियार हो Corona Virus लाई पराजित गर्ने । “आप अकेले नही हे, हम सब एक साथ हे” यही प्रतिबद्धताको लागि भोली अप्रिल ५ तारिख राती ९ बजे सबै बिजुली बन्द गरी ९ मिनेट सम्म मैनबत्ति, दियो, टर्च लाइट तथा मोवाइलको Flash Light एकै साथ बालौ । त्यसैको ऐक्यबद्धता र त्यो रोशनीबाट प्राप्त हुने शक्तिले हामी अबस्य बिजयी हुने छौं । २१ दिन लामो घोषित Lockdown को बाँकी १० दिन अनुशासित भएर घर भित्रै बसिरहन गरेको अनुरोधलाई भारतीय जनताले ससक्त रुपले पालना गर्नुबाहेक अर्को बिकल्पै रहेन । त्यस्तै गरी हामी खुला सिमानाद्वारा जोडिएका नेपाली नागरिक पनि आज १२ औं दिनको Lockdown भोगेर नेपाल सरकारले घोषणा गरेको २०७६ चैत्र २५ गतेसम्मको समयसिमालाई धैर्य, अनुशासित भई पालना गर्नु को पनि कुनै बिकल्पै छैन । चीनिया सरकार र अनुशासित जनताको सहयोगबाट प्राप्त सफलता र अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत लगायतका साधन सम्पन्न एबम शक्तिशाली राष्ट्रले गरेको हेलचेक्राईबाट पाठ सिकौं । अनुशासित भएर Lockdown को नियम पूर्ण रुपले पालना गर्दै आगमी नयाँ बर्ष २०७७ लाई हर्षोल्लासपूर्वक स्वागत गर्ने सुखद प्रतिक्षाका साथ COVID-19 बाट संक्रमित १०,९३,८९६ को बिजय एवंम स्वस्थ लाभ को शुभकामना एबम यो Corona Virus को लडाइमा बीरगति प्राप्त गर्नुहुने ५८,७०६ योध्हाहरु प्रति हार्दिक श्रद्धाञ्जली ((((((( । [email protected]
(लेखक दावाँली मिलन क्लब, काठमाडौं र कृष्णलक्ष्मी – लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष एवं् हाम्रो नेपाल सुशासन अभियानका सामाजिक अभियन्ता हुन)