टोखा नगरपालिकामा आज पनि राहत बितरण कार्य जारी

२७ चैत्र काठमाडौं ।

टोखा नगरपालिकामा आज बिहानैदेखि राहत बितरण कार्य शुरु गरिएको छ ।
टोखा नगरपालिका वडा नं. १० मा अहिले केहिबेरमा राहत बितरण कार्य शुरु हुदैछ ।

news
tokha korona news

टोखा नगरपालिका वडा नं. १० मा नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले राहत बितरणको शुभारम्भ गर्नुहुने वडा अध्यक्ष मधुसुदन पाण्डेले जानकारी दिनुभयो ।
नगर प्रमुख अधिकारी, उपप्रमुख डंगोल र वडा अध्यक्ष पाण्डे लगायत १० वडाका जनप्रतिनिधिहरुले राहत बितरण गर्नुहुने पनि वडा अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ ।

१० वडाको राहत बितरण कार्य वडामा रहेको अध्ययन स्कुलबाट शुरु हुने छ ।
टोखा नगरपालिका वडा नं. ३ मा पनि आज विहानै देखि राहत बितरण कार्य भैरहेको छ ।

टोखा नगरपालिका वडा नं. ३ मा नगर उपप्रमुख ज्ञानमाया डंगोलले राहत बितरणको शुभारम्भ गर्नुभएको थियो ।
त्यसैगरी टोखा नगरपालिका वडा नं. ८ मा पनि आज राहत बितरण कार्य भैरहेको छ ।
टोखा नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरुले राहत बितरण कार्य गरिरहनुभएको उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुभएको छ ।

टोखा नगरपालिका वडा नं. ९ मा आज पनि राहत बितरण गरिने वडा अध्यक्ष जोग प्रसाद नेपालले जानकारी दिनुभएको छ । आज दिउसो १२ बजेदेखि ९ नं. वडामा राहत बितरण कार्य शुरु गरिने वडा अध्यक्ष जोग प्रसाद नेपाल र वडा सदस्य रामभक्त घिमिरेले जानकारी दिनुभएको छ ।
टोखा नगरपालिका वडा नं. ९ मा हिजोदेखि राहत बितरण गर्न शुरु गरिएको हो ।

९ नं. वडामा नगर प्रमुख प्रकाश अधिकारीले हिजो राहत बितरणको शुभारम्भ गर्नुभएको थियो ।
त्यसैगरी टोखा नगरपालिका वडा नं. ११ मा आज पनि राहत बितरण गर्न लागिएको वडा सचिव सानु श्रेष्ठले जानकारी दिनुभएको छ । ११ नं. वडामा हिजो पनि राहत बितरण गरिएको थियो ।
टोखा नगरपालिकाले हाल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नागरिकहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका अति विपन्न, दैनिक ज्यालादारी गर्ने र कोठा भाडा लिई मजदुरी गरेर खाने परिवारलाई राहत बितरण गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।

टोखा नगरपालिकामा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल लगायत नगरका सम्पूर्ण जनप्रतिनिधिहरु कोरोना भाइरस (COVID-19) को संक्रमणबाट जोगाउने अभियानमा सक्रिय भएर लाग्नुभएको नगर प्रवक्ता बच्चु बस्यालले बताउनुभएको छ ।