मुक्ति

निर्मल चैतन्य

जेठ २३ गते बुधबार २०७५

मनुष्यको अंतिम इच्छा मुक्ति हो।

मुक्ति के हो? यसलाई बुझ्नका लागि आउनुहोस एक अध्यात्मिक यात्रा गरौं:-

यस सम्बन्धमा भगवत्पाद आद्य जगत्गुरु शंकराचार्य जी
ले भन्नु भएको छ
ब्रह्म प्राप्तिको जिज्ञासा राख्ने व्यक्ति साधन
चतुष्टयले युक्त हुनुपर्दछ ।

साधन चतुष्टय यस प्रकार छन —

१.विवेक

सृष्टिमा के सत्य हो र के
मिथ्या हो, यसको ज्ञान हुनुनै
विवेक हो । सत्यलाई ग्रहण गरेर मिथ्याको त्याग गर्नुनै
साधना हो । ब्रह्म सत्य छ
बाकी सब प्रकृति मिथ्या छ।
अतः मनलाई विवेक सहित ब्रह्म रूपी सत्यमा स्थिर गर्नु पर्दछ।

२.वैराग्य –

संसारमा जतिपनि भोग्य पदार्थ
छन, तिनिहरुमा रुचि न लिनु उनिहरू प्रति
तटस्थ भाव पैदा गर्नु नै वैराग्य हो।
ताकि भोग्यवस्तुले मन, शरीर एवं वाणी
लाई आफुतीर आकर्षित गर्न न सकूँन् ।

३.षट संपत्ति

शम,दम,उपरति, तितिक्षा, श्रद्धा ,
र समाधान यी छ: सम्पत्ति हुन।
हरेक साधकलाई षटसम्पतिले युक्त हुनुपर्दछ ।

शम

इन्द्रियहरुको विषयबाट
विरक्त हुनु।

दम

कर्मेन्द्रिय एवं ज्ञानेन्द्रियहरुलाई
स्थिर गर्नु ।

उपरति

मनमा वासना संबंधी
विचार आउने बित्तिकै त्यसलाई रोक्नु नै
उपरति हो ।

तितिक्षा
बिना कुनै प्रतिकार गरेर सबै कष्टहरुलाई सहन गर्नु नै तितिक्षा हो ।

श्रद्धा

शास्त्र एवं गुरुवचनमा
सत्यत्वको बुद्धि राख्नु
श्रद्धा नै श्रद्धा हो।

समाधान

आफ्नो बुद्धिलाई सबैतीरबाट हटाएर शुद्ध ब्रह्ममा
स्थिर गर्नु नै समाधान हो।

४. मुमुक्षत्व

अहंकारदेखि देह पर्यंत
जतिपनी अज्ञानकल्पित बंधनहरु छन,तिनिहरुको त्याग गर्नु नै
मुमुक्षत्व हो।

यस मार्गमा हिडेपछि भक्ति
भक्ति हुन्छ जसलाई मुक्तिको कारणरूप
सामग्रीमा सबभन्दा अग्रगण्य मानिएको छ।
आत्माको अनुसंधानलाई नै भक्ति भनिएको छ।
अतः प्रयास गरौ कि हामीलाई आफ्नो
वास्तविक स्वरूपको ज्ञान हुन सकोस।
वस्तुत: यही मुक्ति हो।
।।ॐ नमो नारायणाय।।

निर्मल चैतन्य
काठमांडौ