काठमाडौं महानगरपालिका र राष्ट्रिय बीमा संस्थान बीच जीवन बीमा सम्वन्धी सम्झौता

१२ असार २०७७ ।
काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गर्ने सम्वन्धमा महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ ।
संस्थानको प्रधान कार्यालय रामशाह पथमा एक सम्झौता भएको हो ।
सो सम्झौतामा काठमाडौं महानगरपालिकाको तर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गर्नु भएको थियो ।
सो हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुदै महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको बताउदै संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको बताउनुभयो ।
संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम र प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको बताउदै बिमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको ताउनुभएको थियो ।
कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानलाई सवै दृष्टिबाट सुधार गर्दै जीवन बीमाको क्षेत्रमा प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित भई गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सो समभ्mौता हस्ताक्षर कार्यक्रममा काठमाडौं महानगरपालिका कानून विभागका प्रमुख बसन्त आचार्य र प्रशासन महाशाखाका प्रमुख बखत साउद र राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।