नागार्जुन ९ स्यूचाटारमा समाजसेवी शिवजी भट्टराईको नेतृत्वमा विकास निर्माण कार्य तिब्र रुपमा सञ्चालन

३० असार २०७७ ।

काठमाडौंको नागार्जुन नगरपालिका वडा नं.९ स्यूचाटारमा समाजसेवी शिवजी भट्टराईको नेतृत्वमा विकास निर्माणका कार्यहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।

स्थानीय तह कर्मचारी युनियन बागमती प्रदेश अध्यक्ष समेत रहनुभएका समाजसेवी शिवजी भट्टराई नागार्जुन नगरपालिका वडा नं.९ स्यूचाटारको विकास र समृद्धिमा विशेष सक्रिय भएर लाग्नुभएको छ ।

सो वडाका स्थानीय बासिन्दाहरु पनि विकास निर्माणमा सक्रिय भएर लागेको भट्टराइले जानकारी दिनुभयो ।

भुवनेश्वरी ढल निर्माण व्यवस्थापन समितिका सचिव समेत रहनुभएका समाजसेवी भट्टराईको नेतृत्वमा सो टोलमा ढल निर्माण कार्य सम्पन्न भएको छ ।
अबको केहि दिनमै सडक निर्माण कार्य पनि सम्पन्न गर्न लागिएको भट्टराइले जानकारी दिनुभयो ।
भुवनेश्वरी ढल निर्माण व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्टराई र निर्माण समितिका अध्यक्ष रमेश भट्टराई लगायत समितिका सबै पदाधिकारीहरु र टोलबासीहरु विकास निर्माणमा सक्रियतापूर्वक लागेको उहाँले बताउनुभयो ।
सो अवसरमा स्यूचाटारका स्थानीय बासिन्दाहरु राजन भट्टराई, बिमती भट्टराई र शारदा भट्टराईले स्यूचाटारको समग्र विकास र समृद्धिका लागि सबै टोलबासीहरु एकजुट भएर लागेको बताउनुभएको थियो ।

यसैबीच नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले आज नागार्जुन नगरपालिका वडा नं.९ स्यूचाटारमा भैरहेको विकास निर्माण कार्यको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा समाजसेवी एवम् विकासका अगुवा शिवजी भट्टराईले स्यूचातार वडा नं. ९ मा भैरहेको विकास निर्माणका कामहरुको सम्बन्धमा नगर प्रमुख बस्नेतलाई जानकारी गराउनुभएको थियो ।
अनुगमनका अवसरमा वडा अध्यक्ष, सदस्यहरु लगायत ९ नं. वडाका टोल बासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सो अवसरमा नगर प्रमुख बस्नेतले आफूले निष्पक्ष तरिकाले नगरको विकास र व्यवस्थापनका लागि कार्य गरिरहेको बताउनुभएको थियो ।
सो अवसरमा टोलबासीहरुलाई संबोधन गर्नुहुँदै नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले स्यूचाटारसंग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउदै स्यूचाटारको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
स्यूचाटारबासी विकासमा जागरुक भएर लागेकोमा धन्यवाद दिनुहुँदै स्यूचाटारको विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई पनि आफूले प्राथमिकतामा राखेको नगर प्रमुख बस्नेतले सो अवसरमा बताउनुभएको थियो ।
नागार्जुन नगरपालिकाको समग्र विकास र समृद्धिका लागि आफू लागिपरेको बताउदै नगर प्रमुख बस्नेतले नागार्जुनलाई प्राविधिक शिक्षाको हब बनाउने गरी कार्य भैरहेको बताउनुभएको थियो ।

नागार्जुन नगरपालिकाको समग्र विकास र समृद्धिका लागि आफू लागिपरेको बताउदै नगर प्रमुख मोहन बहादुर बस्नेतले नागार्जुनलाई प्राविधिक शिक्षाको हब बनाउने गरी कार्य भैरहेको जानकारी दिनुभयो ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना लगायतका क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउनुभएको थियो ।