कागेश्वरी मनोहरा न.पा.को मुलपानी नगर अस्पताललाई सक्दो सहयोग गर्ने सांसदहरुको प्रतिवद्धता

१५ भाद्र २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा रहेको मुलपानी नगर अस्पताललाई सक्दो सहयोग गर्ने सांसदहरुले प्रतिवद्धता जनाउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी नगर अस्पतालमा बनाउन लागेको १ सय बेडको आइलेशनको अनुगमनका क्रममा संघीय तथा प्रदेश सांसदहरुले यस्तो प्रतिवद्धता जनाउनुभएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीमा रहेको मुलपानी नगर अस्पतालमा बनाउन लागिएको १ सय बेडको आइलेशनको आज संघीय सांसदहरु जीवनराम श्रेष्ठ, कृष्ण राई र सरिता न्यौपाने तथा बागमती प्रदेशका सांसदहरु मणिराम फुयाँल र दिपक निरौलाले संयुक्त रुपमा अनुगमन गरी संघीय सरकार र प्रदेश सरकारबाट मुलपानी नगर अस्पताललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको नगर प्रमुख थापाले जानकारी दिनभुयो ।
सो अवसरमा नगर प्रमुख थापाले अनुगमनमा आई अस्पतालको विषयमा जानकारी लिई सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा सांसदहरुलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो ।