टोखा नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिहरु कोरोना संक्रमितलाई हौसला दिन घर घरमा

१८ भाद्र २०७७ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल लगायत जनप्रतिनिधिहरु कोरोना संक्रमितहरुलाई घर घरमै गएर हौसला दिइरहनुभएको छ ।
आज नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला लगायतले टोखा नगरपालिकाका जनप्रतिनिधिहरु वडा नं. ६ मा भएका कोरोना संक्रमितहरुलाई भेटेर हौसला दिनुभएको छ ।

आफ्नो घर आँगन मै सांसद, नगर प्रमुख र उपप्रमुखलाई भेटेपछि कोरोनाका बिरामीहरुमा हौसला बृद्धि भई रोग संग लड्नका लागि आत्मबल बढाउने उद्देश्यका साथ आफूहरु कोरोनाका बिरामीहरुको घर घरमा गएर हौसला प्रदान गरेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
यसअघि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले कोरोनाका बिरामीहरुलाई टेलिफोन गरी हौसला प्रदान गर्नुभएको थियो ।
टोखा नगरपालिकाका वडा अध्यक्षहरु र सदस्यहरुले पनि कोरोना संक्रमितहरुलाई हौसला दिने कार्य गरिरहनुभएको उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुभयो ।
आज नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला संगै नगर प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे, नगर सदस्य चन्द्र श्रेष्ठ लगायत टोखा नगरपालिकाका जनप्रतिनिधिहरु वडा नं. ६ मा भएका कोरोना संक्रमितहरुलाई हौसला प्रदान गर्न र आत्मबल बढाउनका लागि कोरोना संक्रमितका घरघरमा जानुभएको थियो ।