कोरोनाबाट मुक्त भई नगरबासीको सेवामा खटिन आतुर छु ः उप प्रमुख डंगोल

२२ अशोज २०७७ ।
काठमाडौंको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले कोरोनाबाट मुक्त भई नगरबासीको सेवामा खटिन आतुर रहेको बताउनुभएको छ ।
उपप्रमुख डंगोल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सक्रिय भएर लाग्नुभएको थियो ।
आफ्नो स्वास्थ्य भन्दा पनि नगरबासीलाई कोभिडबाट मुक्त गर्न अहोरात्र लागेका कारण आफूमा कोरोना देखिएको बताउदै उपप्रमुख ज्ञानमाया डंगोलले आफ्नो सम्पर्कमा आउनुभएका जनप्रतिनिधिहरु, कर्मचारीहरु र नगरबासीहरुलाई कोरोना परिक्षण गरी साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।
उपप्रमुख ज्ञानमाया डंगोलको PCR रिपोर्ट आज पोजेटिभ आएको थियो ।