लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

२० मंसिर २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानीमा रहेको लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा मुलपानीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकभर रगतको अभाव भैरहेको वर्तमान अवस्थामा केहि हदसम्म रगतको माग पुरा गर्ने मानवीय उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर थापाले बताउनुभएको छ ।
सहकारीका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न सो रक्तदान कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षकहरु, सहकारीकर्मीहरु लगायत सहकारीका शेयरधनी सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो रक्तदान कार्यक्रममा ३६ जनाले रगत दान गरेको सहकारीका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो ।