दक्षिणकालीका मेयर बस्नेत नगरको समग्र विकास र समृद्धिका लागि अहोरात्र सक्रिय

१४ माघ २०७७ ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत नगरको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोल लगायत नगरका सम्पूर्ण जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत तुल्सी बहादुर श्रेष्ठ, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख दिपक कुमार केसी र आर्थिक प्रशासन शाखा प्रमुख गणेश गुरुङ लगायत कर्मचारीहरु नगरको विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
दक्षिणकाली नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख मोहन बस्नेतले बताउनुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउन नगरपालिकाले अहोरात्र कार्य गरी सही व्यवस्थापन गरेको बताउदै नगर प्रमुख मोहन बस्नेतले कोभिडको समयमा पनी विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिइएको बताउनुभयो ।
नगरबासीहरुको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख मोहन बस्नेतको भनाई छ ।
दक्षिणकाली नगरपालिकाले कृषि, पर्यटन, स्थानीय संस्कृति तथा सम्पदा संरक्षण लगायतका क्षेत्रलाई पनि प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगरलाई नमूना नगरपालिका बनाउन आफू अहोरात्र लागेको उल्लेख गर्दै नगर प्रमुख मोहन बस्नेतले नगरबासीहरुलाई पनि नगरको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ ।
दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठ र योजना, अनुगमन तथा प्रशासकीय अधिकृत दिपक कुमार केसीले नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको छ ।
दक्षिणकाली नगरपालिकाले जनशक्तिको सही व्यवस्थापन, पर्यटन प्रबद्र्धन, विकास निर्माणका कामहरुको नियमित अनुगमन लगायत नगरसभाबाट पारिता योजनाहरुको प्रभावकारी

कार्यान्वयन लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठ र योजना, अनुगमन तथा प्रशासकीय अधिकृत दिपक कुमार केसी बताउनुहुन्छ ।

दक्षिणकाली नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख गणेश गुरुङ चालु आर्थिक बर्षको हालसम्म भएका कामहरुको प्रभावकारी कार्यान्वयन र आर्थिक प्रशासन शाखाबाट भैरहेका कामहरुलाई व्यवस्थित बनाउन लागिपर्नुभएको छ ।
दक्षिणकाली नगरपालिकाको समग्र लेखा प्रणालीको समग्र सुधारका लागि आफूले प्रयास गरिरहेको आर्थिक प्रशासन शाखा प्रमुख गणेश गुरुङ बताउनुहुन्छ ।