कागेश्वरीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्यक्रम आजबाट शुरु

२३ माघ २०७७ ।

कागेश्वरी मनोहरा नगरपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आजबाट शुरु भएको छ ।

भोलिसम्म सञ्चालन हुने सो कार्यक्रमको आज कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले उद्घाटन गर्नुभयो ।
सो अवसरमा नगर प्रमुख थापाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई व्यवस्थित बनाउन यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको थियो ।
नगर प्रमुख थापाले नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले नगरपालिकाले सेवा प्रवाह गरिरहेको बताउदै नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने गरी कार्य भैरहेको पनि बताउनुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रशासन शाखा प्रमुख सीता अधिकारी, लेखा अधिकृत बालकृष्ण दाहाल लगायत नगरपालिका सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी शाखा र नगरपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता संग सम्बन्धीत कर्मचारीहरुको सहभागिता रहेको छ ।