कागेश्वरी मनोहराका मेयर थापा नगरका टोल टोलमा

२ माघ २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।

नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ मा भएका विकास निर्माणका कामहरुको प्रगती, वडामा आागामी दिनमा समावेश गर्नुपर्ने योजना लगायत वडाको समग्र विकासका विषयमा वडाबासीहरुसंग छलफल गर्नुभएको छ ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापाका साथै २ नं.वडाका जनप्रतिनिधिहरु र टोलबासीहरुको सहभागिता रहेको थियो ।