टोखा-९ द्धारा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न

२४ फागुन २०७७ ।
आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपालमा राजधानी काठमाडौं लगायत मुलुकभर विविध कार्यक्रम गरी महिला दिवस मनाइएको छ ।
टोखा नगरपालिका वडा नं. ९ ले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज टोखामा एक विशेष कार्यक्रमको आयोजना गर्यो ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिका महिलाहरुको हक, अधिकार सुनिश्चित गर्न लागिपरेको बताउदै सबै महिलाहरुलाई आफ्नो हक अधिकारका लागी आगामी दिनमा थप जागरुक हुन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जोग प्रसाद नेपाल र वडा सदस्य रामभक्त घिमिरेले महिलाहरुको हक, अधिकार सुनिश्चित गर्न सरोकारवाला पक्षहरुले विशेष पहल गर्नुपर्ने बताउदै वडा कार्यालयले महिलाहरुको हक, अधिकारको सुनिश्चितताका लागि सक्दो पहल गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं.९ का जनप्रतिनिधिहरु, कर्मचारीहरु, शिक्षकहरु, विद्यार्थीहरु र महिला अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
यसअघी कार्यक्रम शुरु हुनु अघी वडा कार्यालयबाट प्रभातफेरी पनी गरिएको थियो ।