महिला उद्यमीहरुको लागि बजारीकरण सम्बन्धी तालिम आजबाट टोखामा शुरु

२५ फागुन २०७७ ।

टोखा नगरपालिकामा महिला उद्यमीहरुको लागि बिक्री तथा बजारीकरण सम्बन्धी तालिम आजबाट शुरु भएको छ ।
सो तालिमको आज टोखामा नगर उपप्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै उपप्रमुख डंगोलले टोखा नगरपालिकाले महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता दिएर सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउदै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमीहरुको लागि बिक्री तथा बजारीकरण सम्बन्धी तालिम सञ्चालन गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष जगन्नाथ ढकाल, नगर कार्यपालिका सदस्य उर्मिला विश्वक्रर्मा लगायत जनप्रतिनिधिहरु र महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
आगामी चैत्र १ गतेसम्म सञ्चालन हुने सो तालिममा महिला उद्यमीहरुको सहभागिता रहेको छ ।