कागेश्वरी मनोहराका मेयर थापाद्धारा श्री आदर्श मा.वि.को भवन निर्माणको शिलान्यास

१७ चैत्र २०७७ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयको नयाँ भवनको आज शिलान्यास गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयको नयाँ भवनको आज शिलान्यास गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
नगरपालिकाले शिक्षा र स्वास्थ्यको साथ साथै पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना लगायतका क्षेत्रलाई पनी प्राथमिकता दिएको नगर प्रमुख थापाको भनाई थियो ।
विद्यालयको भवन निर्माण पछी पठन पाठन र विद्यालयबाट हुने नियमित कार्यहरु सञ्चालन गर्न सहज हुने नगर प्रमुख थापाले विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष राममणी पुडासैनी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।