कागेश्वरी मनोहराद्धारा कोभिडका बिरामीका लागी निशुल्क एम्बुलेन्स सेवा सञ्चालन

१६ वैशाख २०७८ ।

कागेश्वरी मनोहरा नगरपालिकाले कोभिडका बिरामीको लागी निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।

कोभिडका बिरामी नगरबासीहरुलाई निषेधाज्ञाको समयमा उपचार गराउनका लागी अस्पताल जान सहज् होस् भनेर एम्बुलेन्स सेवा शुरु गरिएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।

नगरबासीहरुलाई स्वास्थ्य सेवा सरल, सहज र प्रभावकारी रुपमा उपलब्ध गराउने नगरपालिकाको नीति बमोजिम नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको नगर प्रमुख थापाको भनाई छ ।
नगरपालिकाले मुलपानी नगर अस्पतालालाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा हाल सञ्चालन गरिरहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै नगर प्रमुख थापाले संघीय सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न नगरबासीहरुलाई आग्रह पनी गर्नुभएको छ ।

नगरपालिकाकाट सञ्चालित एम्बुलेन्स सेवा लिनका लागी नगरपालिकाले चिरन कटुवाल ९८४१६५५६२१, विनोद परियार ९८६१६६९३०६ र कृष्ण बिसुन्खे ९८४९४००७८८ लाई सम्पर्क गर्न अनुरोध गरेको कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।