स्वास्थ्य मापदण्डको पालना गर्न कागेश्वरी मनोहराका मेयर थापाको नगरबासीलाई अपिल

१९ वैशाख २०७८ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कोभिडको संक्रमणबाट बच्नका लागी स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न नगरबासीहरुलाई अपिल गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले कोभिडको संक्रमणबाट नगरबासीहरलाई बचाउनका लागी हरसंभव प्रयास गरिरहेको बताउदै नगर प्रमुख थापाले नगरपालिकाले कोभिडको रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागी अहोरात्र कार्यहरु गरिरहेको पनी बताउनुभएको छ ।
कोभिडबाट बच्नका लागी बढि भन्दा बढि सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालना गर्न नगर प्रमुख थापाले नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।
सार्वजनिक स्थानहरुमा भिडभाड नगरी निषेधाज्ञाको पूर्ण पालना गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीदिन पनी नगर प्रमुख थापाले नगरबाासीहरुलाई आग्रह गर्नुभएको छ ।