२६ जेठ २०७८ ।
श्रुति नेपाल ।
आज फेरी बालक जस्तै हुन मन लाग्यो ।
आमाकै काखमा हाँस्दै रुन मन लाग्यो ।।
सपनामै भए पनि आज फेरी मलाई ।
लक्ष्मी प्रसादले भनेको चाँद छुुन मन लाग्यो ।।
आफ्ना सारा गल्तीहरु एक एक गरी ।
सफा संग साबन पानीले धुन मन लाग्यो ।।
सम्भव छैन थाहा छ मलाई तर पनि किन ।
फर्काउन नसकिने बालापनलाई छुन मन लाग्यो ।।
मिल्ने भए आफ्नो संसार दोहोर्याएर कोर्थे ।
मिल्दैन त्यो थाहा हुँदा पनि सम्झिएर रुन मन लाग्यो ।।
निश्छल व्यवहार र निश्चल मनको लोभ लागेर होला ।
बालापनलाई फर्की हेर्दै दोहोर्याउन पुनःमन लाग्यो ।।
आज फेरी बालक जस्तै हुन मन लाग्यो ।
आमाकै काखमा हाँस्दै रुन मन लाग्यो ।।