बिस्केट जात्रा टोखामा भव्य रुपमा मनाइदै

०२ वैशाख २०७९ ।
बिस्केट जात्रा टोखामा भैरहेको छ ।
टोखामा बिस्केट जात्रा मनाउन हिजोदेखी शुरु भएको हो ।
टोखामा हरेक बर्ष बिस्केट जात्रा भव्य रुपमा मनाउने गरिन्छ ।
बिस्केट जात्राको अवसरमा टोखा नगरपालिका वडा नं.२ मा रहेको गणेश मन्दिरमा विशेष पूजाआजा गर्ने गरिन्छ ।
टोखा शहरका विभिन्न भागको परिक्रमा सहित रथयात्रा गरिएको छ ।
रथयात्रामा टोखा शहरका नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
टोखा नगरपालिकाले हरेक बर्ष बिस्केट जात्रा भव्य रुपमा मनाउदै आएको उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभएको छ ।
स्थानीयस्तरमा धर्म संस्कृतिको रक्षा गरी बाधा व्यबधान हटाई टोखाबासीको भलो होस् भन्ने उद्देश्यले बिस्केट जात्रा मनाउदै आएको उपप्रमुख डंगोलले बताउनुभएको छ ।
बिस्केट जात्रामा टोखा नगरपालिकाका नगरबासीहरु लगायत विभिन्न क्षेत्रका बासिन्दाहरुको उल्लेख्य सहभागिता हुदै आएको बताउदै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले नगरपालिकाले धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय समूदायहरुसंग सहकार्य गरेर कार्य गरिरहेको बताउनुभएको छ ।

आज भएको बिस्केट जात्रामा उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठक, प्रशासकीय अधिकृत अनिल प्रसाद जोशी र अधिकृत मधु मिश्र लगायत नगरपालिकाका कर्मचारीहरु र नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।