वातावरण संरक्षणलाई प्राथमिकतामा राखेका छौं ः मेयर अधिकारी

२२ जेठ २०७९ ।
टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रकाश अधिकारीले वातावरण संरक्षणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा आज टोखामा आयोजित कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख अधिकारीले वातावरण संरक्षणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभएको हो ।
नगरपालिकाले वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले स्वच्छ जीवन यापनका लागि वातावरण संरक्षण आवश्यक भएकोले वातावरणलाई स्वच्छ राख्नका लागि सबैको सामूहिक प्रयास आवश्यक भएको पनि बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले वातावरण संरक्षणका लागि नगरपालिका लागिपरेको बताउदै सबै नगरपालिकालाई स्वच्छ र वातावरणमैत्री बनाउनका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नरोत्तम रानाले वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउनुभएको थियो ।
टोखा नगरपालिकाको वातावरण शाखाका प्रमुख इन्जिनियर लोकेन्द्र आचार्य र वातावरण शाखाका कर्मचारी अशोक अधिकारीले विपद् र वातावरणलाई प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गरिरहेको बताउनुभएको थियो ।
विश्व वातावरण दिवसको अवसरमा आज टोखा नगरपालिकामा जनचेतनामूलक र्याली निकालिएको छ ।
र्याली नगरका विभिन्न भागको परिक्रर्मा गरी नगरपालिका कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सो कार्यक्रमको टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको थियो।
सो र्यालीमा नगर प्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठक, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र नगरसभा सदस्यहरु तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, कर्मचारीहरु, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु, नेपाल पूर्व प्रहरी संगठनका प्रतिनिधिहरु र वातावरणको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
टोखा नगरपालिकाको आयोजनमा भएको सो कार्यक्रम हिमालयन वातावरण संरक्षण प्रा.लि. र वातावरण संरक्षण केन्द्रसंगको सहकार्यमा आयोजना गरिएको टोखा नगरपालिकाको वातावरण शाखाका प्रमुख इन्जिनियर लोकेन्द्र आचार्यले जानकारी दिनुभएको छ ।