कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मुलपानीमा रहेको दिदि फाउण्डेशनको भवनको उद्घाटन कार्यक्रम सम्पन्न, महिलाहरुको हक हितका लागि नगरपालिकाले विशेष पहल गरिरहेको नगर प्रमुख कृष्णहरि थापाको भनाई

 

१२ वैशाख २०७६
काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मा रहेको दिदि फाउण्डेशन भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रम यहि वैशाख १२ गते बिहिबारका दिन सम्पन्न भएको थियो । दिदि फाउण्डेशन भवनको नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वर्गले उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले दिदि फाउण्डेशनले महिलाहरुलाई आत्मनिर्भर र स्वरोगार बनाउन फाउण्डेशनले महत्वपूर्ण कार्य गरेको बताउदै महिला, बालबालिका, जेष्ठ नागरिक लगायत लक्षित वर्गको हित र उत्थानका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउनुभएको थियो ।


कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिका नगरपालिकालाई सभ्य, सुसंस्कृत र नमूना नगरपालिका बनाउन लागिपरेको बताउदै नगरपालिकालाई सभ्य, सुसंस्कृत र नमूना नगरपालिका बनाउने अभियानमा सहयोग गर्न नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।


सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वर्गले अष्ट्रेलिया सरकारले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको बताउदै दिदि फाउण्डेशनले महिलाहरुलाई स्वरोजगार बनाउन गरेको कार्यको प्रशंशा गर्नुहुदै अष्टे«लिया सरकारले फाउण्डेशनलाई आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।


कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उप-प्रमुख बिन्दु सिम्खडा पुडासैनी र कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले महिलाहरुको हक, अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउदै महिलाहरुको आर्थिक विकास र सशक्तिकरणका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभएको थियो ।


कार्यक्रममा दिदि फाउण्डेशनका सल्लाहकार लक्ष्मी कोइराला, अध्यक्ष ज्योति दाहाल र दिदि फाउण्डेशन अष्ट्रेलियाका अध्यक्षले दिदि फाउण्डेशनले गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उप(प्रमुख बिन्दु सिम्खडा पुडासैनी, प्रवक्ता राजाराम पुडासैनी, नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वर्ग, नेपाली कांग्रेसका महासमिति सदस्य शंकर थापा, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँल, वडा नं. ७ का वडा अध्यक्ष जीवन थापा, वडा नं.९ का वडा कार्यबाहक अध्यक्ष अष्ठलाल श्रेष्ठ, नगर कार्यपालिका सदस्य कला घिमिरे लगायतलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।
दिदि फाउण्डेशनले महिलाहरुलाई विभिन्न सिपमूलक तालिम दिई आय आर्जन, रोजगारी सिर्जना र आर्थिक विकासका क्षेत्रमा कार्य गरिरहेको फाउण्डेशनका सल्लाहकार लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि अष्ट्रेलियाली दूताबासका कर्मचारीहरु लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।