कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीय तहको निर्वाचन पश्चात भए गरेका कामहरुको सार्वजनिकीकरण कार्यक्रम तथा तेश्रो नगर सभाको लागि सल्लाह एवम् सुझाव संकलन कार्यक्रम सम्पन्न ७ नं. वडामा सम्पन्न, नगरलाई सफा, सुन्दर र हराभरा बनाउन नगरपालिका लागिरहेको नगर प्रमुख कृष्णहरि थापाको भनाई

 

२६ जेठ काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा स्थानीय तहको निर्वाचन पश्चात भए गरेका कामहरुको सार्वजनिकीकरण तथा तेश्रो नगर सभाको लागि सल्लाह एवम् सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ ले आयोजना गरेको सो कार्यक्रमलाई संबोधन गर्नुहुदै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकाले सडकबाटो निर्माण, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले आफ्नो टोलको विकासमा सक्रिय भएर लाग्न टोलबासीहरुलाई आग्रह गर्नुहुदै नगरको समग्र विकासका लागि नगरपालिका सक्रियतापूर्वक लागेको पनि बताउनुभएको थियो ।


कार्यक्रममा नगर प्रमुख थापाले नगरपालिकाले पूर्वाधार विकास र सामाजिक विकासका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि सकारात्मक राय सुझाव दिन नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
नगरलाई स्वच्छ, शान्त, समृद्ध र हराभरा बनाउन नगरपालिका लागेको बताउदै नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकाबाट प्रदन गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाइएको पनि बताउनुभयो ।


कार्यक्रममा नगर प्रमुख थापाले स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरुले पदबहाली गरेको २ बर्षको समयमा नगरमा उल्लेख्य सुधारका कार्यहरु भएको बताउदै नगरपालिकाले नगरको समग्र विकासका लागि संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर कार्य गरिरहेको पनि बताउनुभएको थियो ।


कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष जीवन थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ कार्यालयले स्थानीय तहको निर्वाचन प्रश्चात निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको २ बर्षको अवधिमा गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।


वडा अध्यक्ष थापाले वडा कार्यालयले वडाबासीको माग र चाहना बमोजिमका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै वडा कार्यालयले सडकबाटो निर्माण, ढल, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग, पार्क निर्माण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का नगर सदस्यहरु लक्ष्मण पुरी र शर्मिला कार्की, नेपाल कम्युनिष्ट पार्टी नेकपा ७ नं.वडा कमिटिका अध्यक्ष श्रीकृष्ण थापा, नेपाली कांग्रेस ७ नं.वडा इकाई समितिका सभापति भिमसेन थापा, राप्रपाका स्थानीय नेता राधाकृष्ण बिष्ट लगायतले टोल, गाउँ, वडा र नगरको समग्र विकासका लागि जागरुक र सक्रिय भएर लाग्न नगरबासीहरुलाई आग्रह गदै वडामा सञ्चालित योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिएर आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले वडा नं. ७ को विकासका लागि महत्वपूर्ण सहयोग पुर्याए बापत टोल सुधार समितिका पदाधिकारीहरुलाई सम्मान पनि गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका सल्लाहकार भरत फुयाँल, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला, ईन्जिनियर सन्देश ढकाल, कागेश्वरी मनोहरा नगरपालिका ७ नं. का जनप्रतिनिधिहरु, कर्मचारीहरु, ऊँ विनायक टोल विकास समितिका अध्यक्ष विश्वनाथ दाहाल लगायत विभिन्न टोल सुधार समितिका पदाधिाकारीहरु र वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।