चन्द्रागिरी नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम धुलिखेलमा शुरु, तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न नगर प्रमुख घनश्याम गिरीको मेलमिलापकर्ताहरुलाई आग्रह

१८ माघ २०७६ ।
चन्द्रागिरी नगरपालिकाको आयोजनामा धुलिखेलमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम शुरु भएको छ ।
सो तालिम २०७६ माघ १७ गते शुक्रबारका दिनदेखि शुरु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा.बेदुराम भुषालले सो तालिमको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा.बेदुराम भुषालले समाजमा हुने विभिन्न किसिमका विवाद तथा समस्याहरु मेलमिलापको माध्यमबाट समाधान गर्ने कार्य राम्रो र उत्कृष्ट भएको बताउदै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाले नगरबासीहरुको हितका लागि प्रशस्त सुधारका कार्यहरु गरेको बताउदै तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गरी नगरपालिकाको सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउने कार्यमा लाग्न मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।
चन्द्रागिरी नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगरका सम्पूर्ण जनप्रतिनिधिहरु एकजुट भएर लागेको नगर प्रमुख घनश्याम गिरीको भनाई थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले नगरपालिकाले नगरवासीलाई सरल, सहज र प्रभावकारी रुपले न्यायिक सेवा प्रदान गरिरहेको बताउदै न्यायिक समितिका कामहरुलाई आगामी दिनमा थप प्रभावकारी बनाउनका लागि तालिमले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको थियो ।

तालिममा चन्द्रागिरी नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले वडा वडामा मेलमिलाप केन्द्रहरु स्थापना गरेर नगरपालिकाले नगरवासीलाई सरल, सहज र प्रभावकारी रुपले न्यायिक सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी पनि दिनुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज पौडेलले विवादरहित तरिकाले मेलमिलापको माध्यमबाट न्यायिक समितिले विवाद निरुपण गर्ने गरिएको बताउदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न तालिमका सहभागी मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, न्यायिक समितिका सदस्यहरु सुरेन्द्र केसी र माधव केसीले न्यायिक समितिले गरिरहेका कार्यहरुको सम्बन्धमा जानकारी दिनुहुदै न्यायिक समितिका कामहरुलाई आगामी दिनमा आगामी दिनमा सरल, सहज र प्रभावकारी बनाउनका लागि मेलमिलापकर्ताहरुको यस तालिमले सहयोग पुर्याउने बताउनुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाको कानून शाखाका कर्मचारी गणेशी केसी, मेलमिलापकर्ताहरु रञ्जु खड्का अधिकारी र देव बहादुर महर्जनले न्यायिक समितिका कामहरुलाई प्रभावकारी बनाउन तालिमले महत्वपूर्ण सहयोग पुर्याउने बताउदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
तालिममा चन्द्रागिरी नगरपालिकामा भएका मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।
चन्द्रागिरी नगरपालिकाको आयोजनामा यहि माघ १७ गते शुक्रबार देखि शुरु भएको सो तालिम यहि माघ २४ गते सकिने चन्द्रागिरी नगरपालिकाको कानून शाखाका कर्मचारी चिरञ्जिवी खड्काले जानकारी दिनुभएको छ ।