कोटेश्वरमा अवस्थित न्यू टुलिप्स स्कूल गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न क्रियाशिल

२१ माघ २०७६ ।
काठमाडौंको कोटेश्वरमा रहेको न्यू टुलिप्स स्कूल गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न लागिपरेको छ ।
सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष होमनाथ अर्यालले विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गरिरहेको बताउनुभएको छ ।

सो विद्यालय विक्रम सम्वत् २०५५ साल (सन् १९९८) मा शैक्षिक सार्वजनिक गुठीको रुपमा स्थापना गरिएको अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुएको छ ।
सो विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म पढाई हुँदै आएको पनि विद्यालयका अध्यक्ष अर्यालले जानकारी दिनुभएको छ ।

विद्यालय विपन्न, दलित, पिछडिएका वर्ग, जनजाति लगायत आर्थिक रुपले पछाडी परेका बालबालिकाहरुलाई न्यूनत्तम शुल्कमा अध्यापन गराउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ अर्यालले बताउनुभएको छ ।
न्यू टुलिप्स स्कूल्मा विपन्न, दलित, पिछडिएका वर्ग, जनजाति लगायत आर्थिक रुपले पछाडी परेका बालबालिकाहरुलाई एकदमै न्यून शुल्कमा अध्यापन गराउने गरिएको र आर्थिक रुपले कमजोर र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृति पनि दिने गरिएको विद्यालयका अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभएको छ ।


आर्थिक अवस्था कमजोर भएका कारण कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ विद्यालयले कार्य गरिरहेको बताउदै अध्यक्ष अर्यालले विद्यालयमा बालबालिकाहरुलाई बालमैत्री तरिकाबाट पठन पाठन गराउने गरिएको पनि जानकारी दिनुभएको छ ।


न्यू टुलिप्स स्कूललाई आगामी दिनमा कक्षा १२ सम्म पठन पाठन गराउनका लागि आवश्यक पहल भैरहेको र सम्बन्धीत सरोकारवालाहरुलाई यसका लागि आवश्यक सहयोग गर्न पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ अर्यालले आग्रह गर्नुभएको छ ।