टोखा महोत्सव आगामी फागुन २३ देखि २५ गतेसम्म हुँदै, महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि नगर प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा मूल समिति गठन

२६ फागुन २०७६ ।
काठमाडौं जिल्लाको टोखा नगरपालिकामा आगामी फागुन २३ देखि २५ गतेसम्म दोस्रो टोखा महत्वसव हुने भएको छ ।

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि नगर प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि नगर प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा ५ सय १ सदस्यिय मूल समिति गठन गरिएको छ ।

नगर प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा गठित मूल समितिमा उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिहरु, नेवाःगुठी टोखाका अध्यक्ष, टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष सदस्य सचिव रहनुभएको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।

त्यसैगरी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि नगर उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ११ सदस्यिय उपसमिति पनि गठन गरिएको छ ।

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि महोत्सव मूल समारोह समितिको दोस्रो बैठक टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा आज टोखामा बस्यो ।
बैठकमा नगर प्रमुख प्रकाश अधिकारीले महोत्सवलाई भव्य र ऐतिहासिक बनाउने गरी आवश्यक कार्य गर्न समितिका सदस्यहरुलाई निर्देशन दिनुभएको थियो ।

टोखा ऐतिहासिक र साँस्कृतिक शहर भएको बताउदै नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले महोत्सवले टोखा नगरलाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको थियो ।

बैठकमा टोखा नगरपालिकाका वडा अध्यक्षहरुले महोत्सवलाई भव्य र ऐतिहासिक रुपमा सफल बनाउने गरी आफूहरुले कार्य गरिरहेको बताउनुभएको थियो ।

बैठकले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न १७ वटा उपसमितिहरु गठन गरेको नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

बैठकमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाण डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा अध्यक्षहरु श्रीकृष्ण अधिकारी, जगन्नाथ ढकाल, मधुसुदन पाण्डे र जोग प्रासद नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टोखा नगर कमिटिका सचिव सत्यनारायण डंगोल लगायत मूल समारोह समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।