दक्षिणकाली नगरपालिका साक्षर नगर घोषणा, नगरलाई व्यवस्थित, समृद्ध र नमूना बनाउन नगरपालिका लागिपरेको नगर प्रमुख मोहन बस्नेतको भनाई

७ फागुन २०७६ ।
दक्षिणकाली नगरपालिका साक्षर नगर घोषणा भएको छ ।दक्षिणकाली नगरपालिकामा २०७६ फागुन ६ गते मंगलबारका दिन आयोजित विशेष कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले नगरपालिकालाई साक्षर नगर घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले साक्षर नगर घोषणाका लागि भएका सबै सूचकहरु पुरा गरी नगरलाई साक्षर नगर घोषणा गरिएको बताउदै नगरपालिकाले साक्षर नगर घोषणाका लागि गरेका कार्यहरुको सम्बन्धमा जानकारी पनि गराउनुभएको थियो ।

नगरलाई व्यवस्थित र नमूना नगरपालिका बनाउन सम्पूर्ण जनप्रतिनिधिहरु सक्रियतापूर्वक लागेको बताउदै नगर प्रमुख मोहन बस्नेतले नगरपालिकाले शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण लगायत नगरको समग्र विकास र समृद्धिलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको पनि बताउनुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख मोहन बस्नेतले दक्षिणकाली नगरपालिकाको व्यवस्थित र दिर्घकालिन विकासका लागि संघीय सरकार, प्रदेश सरकार, राजनीतिक दलहरु लगायत सरोकारवाला निकायहरुसंग सहकार्य र समन्वय गरेर कार्य गरिरहेको पनि बताउनुभएको थियो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोलले नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।

शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकास, आर्थिक विकास, पर्यटन प्रबद्र्धन, स्थानीय कलासंस्कृतिक संरक्षण लगायत नगरको समग्र विकास र समृद्धिलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै साक्षर नगर घोषणाका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।


कार्यक्रमलाई संबोधन गर्नुहुदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले नगरपालिकालाई साक्षर नगर घोषणा गर्न सफल भएकोमा नगर प्रमुख मोहन बस्नेत लगायत नगरपालिका परिवारलाई धन्वयाद दिनुहुदै शिक्षालाई व्यवहारिक र गुणस्तरीय बनाउन सरकार लागिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले शिक्षा, स्वास्थ्य लगायत नगरको समग्र विकास र समृद्धिका लागि आगामी दिनमा अझ बढि सक्रिय भएर कार्य गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु र शिक्षा क्षेत्रसंग सम्बन्धीत व्यक्तित्वहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै शिक्षा मन्त्री पाखरेलले सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन पहल गरिरहेको बताउदै दक्षिणकाली नगरपालिकामा शिक्षा क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि शिक्षा सम्मेलन आयोजना गरेर समस्या पहिचान गरी कार्य गर्न नगरपालिकालाई आग्रह गर्नुभएको थियो ।

समग्र नेपाललाई नैं साक्षर देश घोषणाका लागि सरकारले तिब्र रुपमा कार्य गरिरहेको पनि सो अवसरमा मन्त्री गिरीराजमणी पोखरेलले बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले साक्षर नगर घोषणा गर्न सफल भएकोमा नगर प्रमुख मोहन बस्नेत लगायत दक्षिणकाली नगरपालिका परिवारलाई बधाई दिनुहुदै नगरको शिक्षा, स्वास्थ्य लगायत समग्र क्षेत्रको विकास र व्यवस्थापनका लागि जिससले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिल्ला समन्वय समितिले आवश्यक सहयोग गर्ने पनि बताउनुभएको थियो ।


कार्यक्रममा दक्षिणकाली नगरपालिकाको शिक्षा शाखाका प्रमुख रमेशसिंह थापाले नगरपालिकालाई साक्षर नगर घोषणाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुहुदै नगरपालिकाको शिक्षा शाखाले गरिरहेका कामहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा शिक्षा शाखा प्रमुख रमेशसिंह थापाले नगरको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउन नगरपालिका लागिपरेको बताउदै साक्षर नगर घोषणाका लागि भएका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिणकाली नगर कमितिका प्रमुख रामकृष्ण बस्नेत र नेपाली कांग्रेस दक्षिणकाली नगर समितिका उपसभापति शैलेश मानन्धर लगायतले साक्षर नगर घोषणा संगसंगै यसको दिगोपनामा विशेष ध्यान दिनुपर्ने बताउदै शिक्षा, स्वास्थ्यका साथ साथै नगरको समग्र विकास व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास लगायत नगरको समग्र क्षेत्रको विकास र समृद्धिका लागि राजनीतिक दलहरुले आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका उपमहानिर्देशक विष्णु प्रसाद अधिकारी लगायतले साक्षर नगर घोषणा संगसंगै यसको दिगोपनामा लागि विशेष ध्यान दिनुपर्ने बताउदै सरकारले शिक्षा क्षेत्रमा गरिरहेका र आगामी दिनमा गर्न लागेका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले दक्षिणकाली नगरपालिकालाई साक्षर नगर घोषणाका लागि सहयोग गर्ने दक्षिणकाली नगरपालिकामा क्रियाशिल विद्यालयका प्रधानाध्यापकहरुलाई कदर पत्र पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपाने, योजना, अनुगमन तथा प्रशासकीय अधिकृत दिपक कुमार केसी, दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, दक्षिणकाली नगरपालिकामा भएका विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, विद्यार्थीहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।