टोखा नगरपालिकाद्धारा आइसोलेशन वार्ड निर्माण, सञ्चालनका लागि आवश्यक तयारी भैरहेको नगर प्रमुख अधिकारीको भनाई

१४ चैत्र २०७६ ।

टोखा नगरपालिका विश्वभर महाभारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीलाई बचाउने अभियानमा सक्रिय भएर लागेको छ ।

यसका लागि नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरु सक्रिय भएर लाग्नुभएको छ ।
टोखामा आइसोलेशन वार्ड निर्माण
टोखा नगरपालिकाले आइसोलेशन वार्ड निर्माण गरेको छ । नगरपालिकाले यसको सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।
आइसोलेसन वार्डमा राख्ने सामाग्रीहरु जुटाउने कार्य भैरहेकोले चाँडै सञ्चालनमा आउने नगर प्रवक्ता बच्चु बस्यालले जानकारी दिनुभएको छ ।