टोखा नगरपालिकाले नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुलाई राहत दिने

१५ चैत्र २०७६ ।
टोखा नगरपालिकाले नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुलाई राहत दिने भएको छ ।
यसका लागि नगर प्रमुख प्रकाश अधिकारीले आफु बसोबास गरिरहेको वडा कार्यालयमा गई वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सदस्य एवम् कार्यालयमा उपस्थित कर्मचारीलाई नाम टिपाउन अनुरोध गर्नुभएको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाभित्र बसोबास गरी दैनिक ज्याला मजदुरी खाने कोही पनि व्यक्तिहरुलाई भोकै नराख्ने उद्देश्यका साथ नगरपालिका उनिहरुको तथ्यांक संकलन गरी राहत दिन लागेको बताउनुभएको छ ।

यसका साथै नगरपालिकाले खाद्यान्न लगायत अत्यावश्यक सामानको अभाव भएका नगरबासीहरुलाई आफ्नो वडा कार्यालयमा गएर जनप्रतिनिधिहरु समक्ष नाम टिपाउन पनि नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीहरु समक्ष अपिल गर्नुभएको छ ।