टोखा नगरपालिकामा आजपनि क्लोरिन स्प्रे झोल छर्ने कार्य जारी

१५ चैत्र २०७६ ।
टोखा नगरपालिकामा आजपनि क्लोरिन स्प्रे झोल छर्ने कार्य जारी रहेको छ ।
विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरस (CORONA COVID-19) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउने उद्देश्यले क्लोरिन स्प्रे झोल छरिएको नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभएको छ ।

नगरपालिकाले टोखा नगरपालिकाका सबै वडाहरुमा क्लोरिन स्प्रे झोल छर्ने नगर प्रवक्ता बच्चु बस्यालले जानकारी दिनुभएको छ ।