कागेश्वरी मनोहरा नगरपालिकामा आज पनि क्लोरिन स्प्रे छरियो

१५ चैत्र २०७६ ।
कागेश्वरी मनोहरा नगरपालिकामा आज पनि क्लोरिन स्प्रे छरिएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउने उद्देश्यले क्लोरिन स्प्रे छरिएको नगर प्रमुख कृष्णहरी थापाले बताउनुभएको छ ।

नगरपालिकाले आज कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ८ गोठाटारमा क्लोरिन स्प्रे छरेको छ ।
यस अघि हिजो वडा नं. ९ गोठाटारमा क्लोरिन स्प्रे छरिएको थियो ।

भोली वडा नं. ७ मा स्प्रे झोल छरिने कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ वडा अध्यक्ष जीवन थापाले जानकारी दिनुभएको छ ।
नगरपालिकाले क्रमैसंग सबै वडाहरुमा क्लोरिन स्प्रे छर्ने नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिनुभएको छ ।

नगरपालिकाका स्प्रे छर्नका लागि सबै तयारी पुरा गरिसकेकोले चाँडै सवै वडामा स्प्रे छर्ने कार्य सकिने नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।