संवेदनाका चाेटहरु

तारा पाण्डे ।
नभाेगेरै भाेगिएका सुखहरु
नपाएरै भेटिएका सन्तुष्टिहरु
रुवाइमा पाइएका खुसीहरु
कल्पनामा रमेका अान्नदहरु
मनाे भावनाका बाँधहरु
नराेप्दै निमाेठिएका  संवेगहरु ।

नपाइकन गुमेका रहरहरु
नपाइकन खाेसिएका खुसीहरु
अाँखाका डिलमा झल्केका  अाशाहरु
अाेठमा खुल्न खाेजेका मनाेवेगहरु
तनकाे सन्तुष्टिमा  लागि रमेका मनहरु ।

अन्यासै चुडिएका भावहरु
छताछुल्ल पाेखिएका अाकांक्षाहरु
छरपष्ट भएका साेचहरु
विचल्लिमा परेका चेतहरु
हाम्रा याेगहरु संवेगहरु  ।

वसन्तकाे सङ्घारमा राेकिएका तनहरु
भावनाको जङ्घारमा थामिएका मनहरु
पदचापहरु विश्राम भएका सुस्केराहरु
यात्रामा राेकिएका  भाेकहरु
असरल्ल भएका खाेटहरु
स्वप्निल निशाकाे सगरमाथा चढ्ने भाेगहरु ।

अझ नथाकेका नयनहरु
तीव्र प्रतीक्षाका अावेगहरु
असार पन्ध्रकाे तयारीमा छन् गीतहर
खडेरीलाई बिदाइ गर्दै छन् प्रितहरु
मनाेरमताकाे अग्लाई चुम्ने अवयवहरु
एक एक गरेर तलमाथि हुने तनहरु
चरम सफलताको स्वाद लिने शिरहरु
उक्लदै अाेर्लदैकाे लिला  रच्ने यादहरु ।

तारा पाण्डे
उप प्राध्यापक
पशुपति बहुमुखी क्याम्पस , चावहिल

[email protected]