असार पन्ध्र

 तारा पाण्डे ।
अक्षरहरुकाे बीउ राेप्ने
नव सिर्जनाकाे दिन
कामकाे असार पन्ध्र
हाम्रो सभ्यता
हाम्रो संस्कृति
आज असार पन्ध्र !

असारे गीतमा
सिर्जनाका भाका गाउने
रचनाकाे नव अध्याय ल्याउने
स्वस्थकर कल्पना गर्ने
दही चिउरा खाने पर्व
परम्परा थेग्दै
सभ्यता र संस्कृति
जर्गेना गर्ने असार पन्ध !

खडेरीहरु निस्तेज गर्ने
खेतवारीहरु आवाद गर्ने
हाम्रो मन मस्तिष्क
रसिलाे र कसिलो गर्ने
राेपाइँकाे असार पन्ध्र
कामकाे असार पन्ध
तन र मनमा उमङ्ग जगाउने
नव सिर्जनाकाे बिज राेप्ने
सगरमाथाकाे उच्चाइ नाप्ने
उत्तम साइत हाे
असार पन्ध !

मानाे राेपी मुरी
उब्जाउन लाग्ने
हाम्रा पाैरखी  हातहरु
हिलाे माटोमा रमाउदै छन्
श्रम पाेख्ने उत्तम पर्व
त्यसैमा छ हामीलाई
नेपाली हुनुकाे ठुलो गर्व !

तारा पाण्डे
उप प्राध्यापक
पशुपति बहुमुखी क्याम्पस , चावहिल ।