फेरिएको शिक्षक

तारा पाण्डे ।
शिक्षक व्याट्री हाेइन ढिंडाे खान्छ
अाज उही ताली हाेइन गाली खान्छ
फेरि ऊ विद्यालय हाेइन
विराेध र समर्थनमा
स्कुलमा हाजिर ठाेकेर
र्यालीमा पाखुरा प्रदर्शन गर्छ ।

विद्यालयमा विधि हाेइन
गुण्डा गिरी मच्चाउँछ
अफिसमा पाटीकाे भेला राख्छ
कक्षा देखेकाे छैन  , बिचरा !
अफिसमा जय नेपाल भन्दै फुर्सद छैन ।

नियुक्ति थाहा छैन उसलाई
वर्षाै भाे लिखत छैन
विधि मान्दैन
पद्धति स्वीकार्दैन
याेजना बनाउदैन
सुटुक्क नियुक्ति गर्छ
न नीति छ न याेजना ?

ध्वस्त छ सरकारी अवस्था
संस्थागत पद्धति मरणासन्न छ
नागरिक कर र राजस्व वर्वाद भाे
यसरी जागिर खान निमक हराम हाे
समुदायको बदनामी भाे
असल काम गर्नेलाई पनि अात्मग्लानी  भाे !

तारा पाण्डे  [email protected]

उप प्राध्यापक
पशुपति बहुमुखी क्याम्पस, चावहिल ।