गुरु पूर्णिमा

तारा पाण्डे  ।

गुरु ! जीवनकाे ज्याेति छर्ने
लय मिलाउन सिकाउने
लय बाँध्न सिकाउने
लयकाे पाठ पढाउने ।

गुरु ! ज्ञानकाे दीप बाल्ने
सत्  कर्म गराउने
सत्  मार्ग देखाउने
सत्  चरित्र प्रर्दशन गर्ने ।

गुरु ! अनुशासित बनाउने
कर्तव्यकाे दायरा दिने
जिम्मेवारी बाेध गराउने
दायित्व बुझाउने  ।

गुरु ! सीप प्रविधि सिकाउने
व्यवहारका गाँठा फुकाउने
परम्पराकाे त्रुटि सच्याउने
अन्ध विश्वास हटाउने ।

गुरु !  संसार चिनाउने
पलपलमा जीवन दिने
अहाे रात्र श्रम गराउने
विद्याकाे बुटि दिने
जीवनकाे तृष्णा मेटाउने
अमृत रुपि सन्जीवनी दिने ।

गुरु ! अाफू जलेर
अरुलाई  उजिल्याउने
अन्धकारमा बाटो देखाउने
भव सागर पार गराउने
संसारबाट माेक्ष दिलाउने
सम्पूर्ण गुरुहरुमा नमन !

तारा पाण्डे
उप प्राध्यापक
पशुपति बहुमुखी क्याम्पस , चाबहिल ।