छुसेकाे छुस्याईं !

तारा पाण्डे

अाफू गर्दैन काम
कुरा काट्दै हिड्छ
जाँगर छैन काममा
कुरामा बिजुली बन्दछ
बदमास छुसे !

बदमास हाे अफिसमा ऊ
कुर्सी छाेड्दैन गफमा
झेली  कुरा गर्दछ छुसे
साख्खै  झैँ विश्वास दिलाउँछ
बदमास छुसे !

जागिर खान्छ सरकारी
काम पाटीकाे गर्दछ
संस्थाकाे विधि मान्दैन
सारा मान्छे भड्काउछ
बदमास छुसे !

जुलुस  नै अफिस हाे उसको
अफिसमा अबेला पुग्दछ
सबेरै निस्कि सक्दछ
सज्जनलाई सताउँदै हदै
खुब हाँस्दछ  छुसे !

सरकारी नुन खान्छ ऊ
गुन तिर्दैन दुष्ट छुसे !
छुसेकाे दुष्ट चरित्र
बाेक्ने   छदै  छन् दुर्जन
फुलेर लठ्ठ छ छुसे
फाले अड्ने ठावै छैन्
अझ दुष्ट छुसे मुन्टाे लटारी हेर्दछ !

स्कुल कलेज पाटी भाेज
सुँघ्न  भेटे छाेड्दैन ऊ
अरुले अाैला ठड्याए
लुसुक्क भाग्दछ  छुसे !
माैका पायो कि छुसे ,
गर्धन ताक्न तयार छ
अाफू काे हाे ? के हाे ?
बुझ्नै खाेज्दैन छुसे !

तारा पाण्डे
उप प्राध्यापक
पशुपति बहुमुखी क्याम्पस,  चावहिल । 

[email protected]