कोभिडको संक्रमणबाट जोगिन आवश्यक सचेतना अपनाउन अध्यक्ष भट्टराईको आग्रह

१ जेष्ठ २०७८ ।

स्थानीय तह कर्मचारी युनियन बागमती प्रदेशका अध्यक्ष शिवजी भट्टराईले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागी आवश्यक सचेतना अपनाउन कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ ।
स्थानीय तह कर्मचारी युनियन काठमाडौं महानगरपालिका एकाईका अध्यक्ष समेत रहनुभएका भट्टराईले कोभिडको संक्रमण भएका कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनी गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरु पनी कोभिडबाट प्रभावित भएको बताउदै अध्यक्ष भट्टराईले कोभिड प्रभावित कर्मचारीहरुको लागी महानगरले राहतका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सक्रिय भएर कार्य गर्न सरकारलाई आग्रह गर्नुहुदै अध्यक्ष भट्टराईले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न पनी सम्पूर्ण कर्मचारीहरु लगायत आमा नेपालीलाई आग्रह गर्नुभएको छ ।
युनियन कर्मचारीहरुको हक हितका लागी आगामी दिनमा थप सक्रिय भएर लाग्ने पनी स्थानीय तह कर्मचारी युनियन बागमती प्रदेशका अध्यक्ष शिवजी भट्टराईले बताउनुभएको छ ।